Thursday, July 26, 2012

उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारबाट नेपाल टेलिकम पुरस्कृत

काठमाडौ, श्रावण १० - कान्तिपुर नेपाल चार्टर्ड एकाउन्टेन्ट््स संस्था -आईक्यान)ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार बैकिङ क्षेत्रबाट नबिल बैंकले पाएको छ ।  कर्पोरेट गभर्नेन्स अवधारणाको एक प्रमुख औजारका रूपमा लिइने वित्तीय प्रतिवेदनको प्रस्तुति, खुलासा र स्पष्टताका आधारमा आईक्यानले बर्सेनि यो पुरस्कार वितरण गर्दै आएको छ । यो पुरस्कार विभिन्न क्षेत्रबाट कम्पनीहरू छानेर र्‍याङ्किङ गरी उत्कृष्टलाई प्रदान गरिन्छ । यसपटक बैंकिङ क्षेत्रबाट दोस्रामा स्ट््यान्डर्ड चार्टर्ड बैंक पर्‍यो भने वित्तीय संस्थातर्फको उत्कृष्ट क्लिन इनर्जी बैंक घोषित भयो । बिमा कम्पनीतर्फ एभरेस्ट इन्स्योरेन्स कम्पनी, उत्पादनमूलकतर्फ चिलिमे हाइड्रो र सार्वजनिक संस्थानतर्फ नेपाल टेलिकम पुरस्कृत भयो  । प्रतिस्पर्धामा ३० कम्पनीले भाग लिएका थिए । आर्थिक कारोबारबारे वित्तीय प्रतिवेदनमा सबैभन्दा उत्कृष्ट ढंगबाट प्रस्तुत गर्ने र वित्तीय विवरणलाई विश्वासनीय बनाउन लगानीकर्ता, ऋणदाता, सरकार र सरोकारवाले सरल तरिकाले बुझ््ने गरी प्रस्तुत गर्ने कम्पनीलाई पुरस्कृत गरिन्छ ।

No comments:

Post a Comment