Sunday, March 11, 2012

दुई वर्षमा जिपिआरएस चलाउने आठ गुणाले बढे

काठमाडौ, फाल्गुन २९ कान्तिपुर संवाददाता- मोबाइलबाट इन्टरनेट (जिपिआरएस) चलाउनेको संख्या दुई वर्षको अवधिमा उच्च दरले बढेको छ । यस अवधिमा मोबाइल प्रयोगकर्ताको संख्यामा भएको उच्च वृद्धिका कारण जिपिआरएस चलाउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो ।यस्तै जिपिआरएस शुल्कमा आएको कटौती, मोबाइल सेटको घटेको मूल्य, बढ्दो प्रतिस्पर्धाका साथै सामाजिक सञ्जालप्रति बढेको युवा रुचिले पनि जिपिआरएस चलाउनेको संख्यामा बढाउन सघाएको छ ।नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वर्षअघि (२०६६ पुस) सम्म ५ लाख जिपिआरएस प्रयोगकर्ता थिए । गत पुसमा ३७ लाख २० हजार पुगेको छ । यो वृद्धि निरन्तर कायम छ । तर जिपिआरएस चलाउनेको संख्या कुल मोबाइल प्रयोगकर्ताको संख्याभन्दा धेरै कम हो । हाल नेपालमा १ करोड ३६ लाख मोबाइल प्रयोगकर्ता छन् ।
नेपालका डाटा -इन्टरनेट) प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा पनि जिपिआरएस प्रयोगकर्ता रहेको छ । प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको कुल संख्यामा जिपिआरएको हिस्सा ९२ प्रतिशत छ । पुसमा प्राधिकरणद्वारा प्रकाशित तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या ४० लाख ४७ हजार छ । इन्टरनेट घनत्व १५ दशमलव २० प्रतिशत छ । 'मोबाइल लिएपछि त्यसैबाट इन्टरनेट चलाउन मिल्ने भएकाले यसको विस्तार उच्च भएको हो । यस अवधिमा केबल इन्टरनेट र अन्य प्रकारका वायरलेस इन्टरनेट सेवाको विस्तार भने सुस्त रहेको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकम र एनसेलबीच भएको प्रतिस्पर्धाका कारण कम्पनीहरू भ्यालु एडेड सर्भिस दिने होडमा लागेकाले पनि जिपिआरएसको विस्तार व्यापक भएको हो ।

No comments:

Post a Comment