Wednesday, September 14, 2011

अर्को साताबाट नेपाल टेलिकमका विभिन्न सेवाहरुका शुल्क कटौती हुने

टेलिकमद्वारा सिडिएमएको शुल्कमा भारी कटौती
काठमाडौं, भदौ २८ (नागरिक) - अर्को साताबाट लागू हुने गरी नेपालको दुरसंचार क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाहरुको शुल्क कटौती गर्ने निर्णय गरेको छ। नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेका अनुसार अशोज १ देखि लागू हुने गरी प्रवर्द्धनात्मक छुट दिने निर्णय भएको हो। नयाँ 'स्किम' अनुसार सिडिएमएको सिमकार्ड अब ६ सय रुपैयाँमा उपलव्ध हुने छ। हाल यसको मूल्य १ हजार १ यस ३५ रुपैयाँ छ। यसको टक भ्यालु ५ सय रुपैयाँ नै रहने टेलिकमले जनाएको छ।नेपाल टेलिकमका पिएसटिएन, सिडिएमए फिक्स्ड र भिस्याटबाट अर्को अञ्चलमा उसकै नेटवर्कमा कुरा गर्दा प्रति मिनेट १ रुपैयाँ हुने भएको छ। हाल यसको मूल्य प्रति मिनेट २ रुपैयाँ छ। मोबाइलमा कुरा गर्दा पनि देशभरि नै एउटै महशुल कायम गरिएको छ। हाल विजनेस आवरमा रहेको प्रति मिनट २ रुपैयाँलाई १ रुपैयाँ ५० पैसामा झारिने भएको छ।
काठमाडौ, भाद्र २८ - नेपाल टेलिकमले आगामी असोज १ गतेदेखि लागु हुने गरी सिडिएमए स्काइफोन सेवाको ग्राहक शुल्क परिमार्जन गरी रु ६०० कायम गरेको छ । यसमा सेवाको टक भ्यालु रु पाँच सय बराबरको हुनेछ । यसअघि सिडिएमए स्काइफोन सेवाको टक भ्यालु रु पाँच सय बराबर र ग्राहक शुल्क रु १ हजार १३५ थियो । कम्पनीको आधारभुत टेलिफोन सेवा (पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी) बाट अर्को अञ्चलमा रहेको कम्पनीकै मोबाइल सेवा (जिएसएम र सिडिएम) मा कल गर्दा लाग्ने विद्यमान दरलाई परिमार्जन गरी प्रति मिनेट रु एक (कर बाहेक) कायम गरिएको छ । यसअघि यो दर रु दुई रहेको थियो । यो व्यवस्थाबाट पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटीबाट कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा मुलुकभर एउटै महसुल कायम हुने प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । कम्पनीको आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलमा रहेको कम्पनीकै पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी सेवामा कल गर्दा लाग्ने विद्यमान महसुल दरलाई व्यावसायिक प्रवर्धनका लागि परिमार्जन गरी आइतबारदेखि शुक्रबारसम्म विजिनेस आवरमा (बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म) प्रतिमिनेट रु.१।५० कायम गरिएको छ । यससघि यो दर रु दुई थियो । आधारभूत टेलिफोन सेवाको २०६७ असार मसान्तसम्मको वक्यौता महसुल आगामी मङ्सिर मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गर्ने व्यवस्था गरिएको छ । व्यावसायिक प्रवर्धनका लागि कम्पनीको नेटवर्कबाट जिपिआरएस/पिएसडिएन/इभिडिओ/थ्रिजी डाटा सेवाको महसुल दर दशपैसा प्रति सय केबी (कर बाहेक) यही भदौ २३ गतेदेखि नै लागु गरिसकिएको छ । यसअघि उक्त दर १५ पैसा रहेको थियो ।

No comments:

Post a Comment