Wednesday, September 14, 2011

टेलिकममा आवश्यकताभन्दा ४ हजार ५ सय बढी कर्मचारी

काठमाडौ, भाद्र २९ - टेलिफोन, मोबाइल र इन्टरनेट सेवासमेत उपलब्ध गराइरहेको सरकारी स्वामित्वको नेपाल टेलिकममा ४ हजार ५ सय कर्मचारी कटौती गरे पनि चलाउन सकिने त्यहाँको व्यवस्थापनले जनाएको छ । ६ हजार कर्मचारी कार्यरत कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले १५ सय कर्मचारी भए पनि कम्पनी चल्न सक्ने बताएका छन् । कम्पनीमा धेरैले प्रभावकारी रूपमा काम नगरेकोले धेरै कर्मचारी समस्याका रूपमा रहेको गुनासो उनले बुधबार संसदको सार्वजनिक लेखा समितिमा गरेका हुन् । 'यसको आधाभन्दा कम कर्मचारी भए पनि प्रभावकारी रूपमा काम गर्ने हो भने पर्याप्त हुन्छ,' उनले भने, 'सहज रूपमा कम गर्न सकिने र कर्मचारी कटौती गर्न सक्ने अवस्था भए १ हजार ५ सय कर्मचारी मात्रै लिएर कम्पनी चलाउन सक्छु ।' प्रतिस्पर्धी कम्पनीले थोरै कम कर्मचारीबाट काम गरे पनि टेलिकममा धेरै कर्मचारी स्थायी रूपमा रहनु चुनौतीपूर्ण भएको उनको भनाइ छ । केही समयअघि कम्पनीले कर्मचारीबारे गराएको अध्ययनले पनि त्यस्तो देखाएको उनले बताए । '३ हजार कर्मचारी निकाल्न र अरू ३ हजार कर्मचारीलाई दक्ष बनाउनुपर्ने अध्ययन प्रतिवेदन पाएका  थियौं,' उनले भने, 'तर हामी निकाल्न सक्दैनौं ।'  अन्य र्फमलाई काम नदिने र सबैका लागि कर्मचारी नै राख्ने परिपाटी पनि टेलिकमका लागि चुनौती भएको उनले बताए । 'बिटिएसको अप्टिमाइजेसनको काम हामी आफैं गर्छौं,' उनले भने, 'अन्य कम्पनीले दक्ष र्फमलाई जिम्मा दिन्छ । तर हाम्रा कर्मचारीले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।' टेलिकमका अहिले ३ हजारभन्दा बढी कर्मचारी एसएलसीभन्दा कम अध्ययन गरेको उनले बताए । बैठकमा उपस्थित टेलिकमका अन्य अधिकारीले पनि कम्पनी रोजगार दिन नभई मुनाफा गर्न स्थापना भएकाले कर्मचारी कटौती आवश्यक भएकामा जोड दिएका थिए ।  अन्य प्रतिस्पर्धी कम्पनीले सहज रूपमा कार्यक्रम बनाएर अगाडि बढ्न सक्ने भए पनि नेपाल टेलिकमले सरकारका सबै ऐन कानुन मान्नुपर्ने अवस्थाले कम्पनीको भविष्यका समस्या ल्याउन सक्ने उनले बताए । 'अहिले २० वटा टेन्डरको काम भइरहेको छ,' उनले भने, 'तर हामी निजी कम्पनी जस्तो तत्काल काम गर्न सक्ने अवस्था छैनौं ।'
कार्यक्रमका नेपाल स्याटलाइटका निर्देशक राजेश शर्माले सुरुमा लाइसेन्स भिन्दाभिन्दै सर्तमा दिएर पछि एउटै बनाउन नहुने बताए । उनले सुरुमा दिएको पि|mक्वेन्सी फिर्ता दिन आफूहरू तयार नभएको समेत बताए ।

No comments:

Post a Comment