Saturday, September 17, 2011

टेलिकमले आइतबारदेखि छुट दिने

काठमाडौं, २८ भदौ
नेपाल टेलिकमले आइतबारदेखी लागू हुने गरी आफ्नो सेवामा छुट दिने भएको छ । कम्पनीले साधारण टेलिफोन (पीएसटीएन), कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मोबाइल, जनरल पकेट रेडियो सर्भिस (जीपीआरएस) इभोलुसन डाटा अप्टिमाइज (ईभीडीओ), थ्रिजी डाटा लगायतका सेवामा छुट दिन लागेको हो । सीडीएमए स्काइ फोन सेवाको हालको ग्राहक शुल्क १ हजार १ सय ३५ रुपैयाँलाई घटाएर ६ सय रुपैयाँमा ५ सय रुपैयाँबराबरको टकटाइम उपलव्ध गराउने जनाएको छ । कम्पनीले आधारभूत टेलिफोनबाट अर्काे अञ्चलमा रहेको कम्पनीकै मोबाइल सेवामा कल गर्दा लाग्ने दरलाई परिमार्जन गरी प्रतिमिनेट एक रुपैयाँ (करबाहेक) कायम गरेको छ । यो व्यवस्थामा कम्पनीको पीसएसटीएन, सीडीएमए फिक्स र भि–स्याटबाट कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा देशभर एउटै महसुल कायम गरेको छ ।  कम्पनीको आधारभूत टेलिफोनबाट अर्काे अञ्चलमा रहेको कम्पनीकै आधारभूत, सीडीएमए तथा भि–स्याट सेवामा कल गर्दा हालसम्म लाग्दै आएको महसुलमा आइतबारदेखि शुक्रबारसम्म प्रतिमिनेट १ रुपैयाँ ५० पैसा कायम गरेको छ अन्तरदेशिय कलमा कम्पनीको जीएसएम र सीडीएमएमा कल गर्दा ५० प्रतिशत छुट दिएको छ । जीपीआरए, थ्रिजी डाटा सेवाको महसुल सय किलोबाइटको १० पैसा मात्र लाग्ने जनाएको छ । हालसम्म प्रति सय किलोविट्स १५ पैसा लाग्छ । कम्पनीले आधारभूत सेवातर्फ ०६७ असार मसान्तसम्मको बक्यौता महसुल ०६८ मंसिरसम्म बुझाएमा लाग्ने जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment