Wednesday, September 28, 2011

चाडबाडको अवसरमा नेपाल टेलिकमले छुट दिने

काठमाडौं , आश्विन ८ - चाडबाडको अवसरमा नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोबाइलका गाहकलाई कम्पनीको नेटवर्कभित्र हुने एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले आफ्नो नेटवर्कभित्र एसएमएस पठाउँदा ५० पैसा मात्र लाग्ने जनाएको छ । अहिले एक रुपैयाँ लाग्छ । 'असोज ११ गतेदेखि १९ गतेसम्म र कात्तिक ९ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी शुल्क कटौती गर्न लागिएको हो,' टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै कम्पनीले जिएसएम मोबाइलमा १ सय र २ सय रुपैयाँको रिचार्ज कार्डका ५ प्रतिशत टकटाइम बोनसमा उपलब्ध गराउने भएको छ । यस्तै सिडिएमए मोबाइलको २ सय रुपैयाँको रिचार्ज कार्डमा पनि ५ प्रतिशत टकटाइम उपलब्ध हुने कम्पनीले जनाएको छ । यो छुट असोज ११ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । कम्पनीले सिम फोन कार्ड प्रयोगकर्ताको लागि हाल बिक्री गर्दै आएको ५ सय रुपैयाँको कार्डमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । यस छुटको अवधि पनि असोज ११ देखि कात्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment