Saturday, February 4, 2012

टेलिकमको चेतनामूलक र्‍याली

काठमाडौँ, माघ २१ - नेपाल टेलिकमको आठौँ वार्षिकोत्सवको अवसरमा सचेतना र्‍याली निकालिएको छ। काठमाडौँको वसन्तपुरबाट सुरु भएको सो र्‍याली नयाँसडक, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलीसडक, सिंहदरबार हुँदै नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आएर समापन भएको थियो।टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले र्‍यालीको शुभारम्भ गर्दै टेलिकमअन्तर्गतका सम्पूर्ण सेवालाई आगामी दिन ग्रामीण क्षेत्रसम्म विस्तार गरी आमजनताको पहुँचमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले टेलिकमले सस्तो महसुलमा सुलभ सेवा प्रदान गर्न विभिन्न योजना ल्याउन लागेको पनि बताए। नेपाल टेलिकम राष्ट्रको सञ्चार, नेपाल टेलिकमकको सेवा : राष्ट्र निर्माणको टेवा, ग्राहक सेवामा समर्पित, स्वदेशको आम्दानी स्वदेशमै लगानी, गाउँगाउँमा इन्टरनेट हातहातमा मोबाइल जस्ता सन्देश लेखिएका प्लेकार्ड र्‍यालीका सहभागीले बोकेका थिए। - रास

No comments:

Post a Comment